एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको बाँडफाँड भाेलि, भाग्यमानी पाँच जनाले थप १० इकाई पाउने

  २०७७ मंसिर २२ गते २०:५७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड (खुलामुखी योजना)को इकाई भोलि (मंसिर २३ गते मंगलबार) बाँडफाँड हुने भएको छ । इकाई निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार उक्त इकाईको बाँडफाँड भोलि बिहान ९ बजे बिक्री प्रबन्धकको कार्यालय काठमाडौंको बबरमहलमा हुने भएको हो ।

संस्थाले गत मंसिर १२ गतेदेखि मंसिर १६ गतेसम्म ४ करोड २५ लाख इकाईहरु बिक्रीमा राखेकाे थियाे । साे अवधि भित्रमा ७९ हजार ५१४ जना आवेदकहरुबाट रितपुर्वक ५ कराेड ६० लाख १६ हजार ५७० इकाईकाे लागि माग परेकाे थियाे । जसमध्ये १०० इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम बाँडफाँड गरिने क्यापिटलले जनाएकाे छ ।

त्यस्तै, १० लाख  इकाईदेखि ५० लाख  इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८२० इकाईका दरले बाँडफाँड गरिने छ । र, त्यसपश्चात बाँकी रहन आएको ५० इकाईको हकमा १० लाख १० इकाई देखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पूनः १० इकाई थप गरि कुल ४ कराेड २५ लाख इकाई बाँडफाँड गरिने क्यापिटलले जानकारी गराएकाे छ ।

संस्थाले ४ करोड २५ लाख इकाईहरु सर्वसाधरणमा माग गरेको थियो । फण्डले कुल ५ करोड इकाइ मध्ये बीज पुँजीबापत कुल निष्काशन गरी इकाईको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित राखि अधिकतम ४ करोड २५ लाख इकाई सार्वसाधरणमा बिक्रीमा राखेको हो ।

सम्बन्धित समाचारः

एनआईसी एसिया क्यापिटलकाे खुलामुखी म्युचुअल फण्डमा लगानी गर्नु कत्तिको उपयुक्त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.