अब सेञ्चुरी बैंकबाट पैसा झिक्न चेक तथा डेविट कार्ड नचाहिने

  २०७७ मंसिर २१ गते १८:२७     विकासन्युज

काठमाडौं । अब सेञ्चुरी कमर्सियल बैंकबाट रकम झिक्न चेक तथा डेविट कार्ड नचाहिने भएको छ । बैंकले स्मार्ट टेलर संचालनमा ल्याएसँगै पैसा झिक्न चेक तथा डेविट कार्ड नचाहिने भएको हो ।

बैंकले आज मंसिर २१ गतेबाट यस स्मार्ट टेलर संचालनमा ल्याएको हो । यस सेवाबाट बैंकका ग्राहकले १ दिनमा कुल १ लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने छन् ।

यससँगै बैंकको स्मार्ट टेलरबाट सेञ्चुरी पे मोबाइल एपबाट क्युआर स्क्यान गरी नगद झिक्न/निकाल्न सकिने छ ।

बैंकले ग्राहकको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाडौंको लागि मात्र लागु हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागू गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.