महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो भिसा कन्ट्याकलेस कार्ड, विकास बैंकमध्ये पहिलो

  २०७७ मंसिर १७ गते १४:१४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेशन(एनएफसी) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टरमिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।

महालक्ष्मी विकास बैंक भिसा कन्ट्याकलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.