ज्योति विकास बैंकद्वारा स्क्यान एन्ड विथ्ड्र सेवाको शुरुवात, अब बिना चेक रकम झिक्न सकिने

  २०७७ मंसिर १६ गते १६:३०     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ्ड्रल सेवा संचालनमा ल्याएको छ । सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्याेती स्मार्ट एप मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड ९त्तच् ऋयमभ० स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् ।

स्क्यान एन्ड विथ्ड्र मार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ । बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ । सो सेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकिरहनुपर्ने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.