महासंघको कोषाध्यक्षको लागि मतदान हुँदै, काे-काे छन् उम्मेदवार ?

  २०७७ मंसिर १५ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को कोषाध्यक्ष पदका लागि आज (सोमवार) मतदान हुने भएको छ । दिउँसो १ बजे कोषाध्यक्ष पदका लागि निर्वाचन प्रक्रियामा जाने महासंघकी कार्यवाहक महानिर्देशक मिना श्रेष्ठले बताइन् ।

शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन प्रस्ताव गरेको थियो । तर, नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए ।

त्यसैले पनि महासंघको हिजो बसेको पहिलो कार्यकारिणी समितिले आजको लागि मतदान गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार सकुन्तलाल हिराचन र डीबी बस्नेत कोषाध्यक्षमा लड्दैछन् । हिराचन गोल्छा समूहबाट र बस्नेत ढकाल पक्षबाट उम्मेदवारी दिँदैछन् । महासंघ सचिवालयले दिउँसो १ बजेसम्मका लागि उम्मेदारी मनोनयनको समय तोकेको छ ।

बस्नेतले ढकाल समूहबाट महासंघको जिल्लानगरतर्फको कार्यकापिरणी सदस्यमा विजयी भएका थिए । उनले ५८ मत ल्याएर विजयी भएका थिए । यस्तै हिराचनले पनि प्रधान प्यालनको वस्तुगततर्फको कार्यकारिणी समतिमा विजयी भएका हुन् । उनले पनि ५५ मत प्राप्त गरेर विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.