मंसिर ११ गते सगरमाथा इन्स्योरेन्सको देशभरका शाखा बन्द

  २०७७ मंसिर १० गते १८:५१     विकासन्युज

काठमाडौं । भोलि (मंसिर ११ गते) सगरमाथा इन्स्योरेन्स कम्पनीको सम्पूर्ण शाखा कार्यालय बन्द हुने भएको छ । इन्स्योरेन्सका सञ्चालक कीर्ति कुमार जोशीको असायमिक निधन भएकाले कम्पनीले मंसिर ११ गते बिहीबार एक दिन कम्पनीको प्रधान कार्यालय सहित देशभरका शाखा तथा उपशाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको संचालक समितिको सदस्य एवम् विभिन्न समितिहरुको संयोजक र सदस्यको रुपमा सक्रिय जोशीको गत मंसिर ९ गते निधन भएको हो । उनको ७५ वर्षको उमेरमा कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो ।

उनको असामहिक निधन भएकोमा हार्दिक श्रदाञ्जली अर्पण गर्दै इन्स्योरेन्सलाई सफलताको स्थितिमा पुर्याउन उनले खेलेका अथक योगदानको उच्च सम्मान व्यक्त गरेको छ । साथै, उनी प्रति हार्दिक श्रदाञ्जली अर्पणा गर्दै दिबंगत आत्माको चिर शान्तिका लागी भगवान पशुपतिनाथसंग प्रर्थना सहित शोक संन्तप्त परिबारजनप्रति हार्दिक समबेदना व्यक्त गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.