सिभिल बैंक ११ वर्षमा प्रवेश, यसरी मनायो दशौंं वार्षिकोत्सव

<p>काठमाडौं । सिभिल बैंक आज(मंसिर १० गते)बाट १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको बैंक आजबाट ११ वर्षमा प्रवेश गरेको हो । सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले आफ्नो [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक आज(मंसिर १० गते)बाट १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको बैंक आजबाट ११ वर्षमा प्रवेश गरेको हो ।

सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै बैंकले निम्नानुसारको विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ ।

के के कार्यक्रम गर्याे ?

बैंकले कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुवाट कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै, बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना गरेको छ ।

त्यसैगरी, बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेविनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचारः

सिभिल बैंकका १० जना कर्मचारीले १० जना कोभिड संक्रमितलाई प्लाज्मा दान गर्ने

Share News