सिभिल बैंकका १० जना कर्मचारीले १० जना कोभिड संक्रमितलाई प्लाज्मा दान गर्ने

  २०७७ मंसिर १० गते ११:३३     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले १० वर्ष पूरा गरेको अवसरमा १० जना कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने बताएको छ ।

बैंकले १० वर्ष पूरा गरेको अवसरमा कोरोना संक्रमित भई निको भएका १० जना कर्मचारीहरुबाट कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले जानकारी दिए ।

उनले बुधबार बैंकको १०औं वार्षिकोत्सवमा बोल्दै १० जना कर्मचारीबाट प्लाज्मा दान गर्ने बताएका हुन् । यस्तै उनले टुँडीखेलमा खाना खानेलाई १० दिन निःशुल्क खाना खुवाउने पनि जानकारी दिए ।

कम्तिमा १० जना कोभिड-१९ संक्रमितलाई बचाउन सकिन्छ भन्ने सोचले प्लाज्मा दान गर्न लागिएको उनले बताए ।

देशभर सिभिल बैंकका २ सय जना कर्मचारीहरु कोरोना संक्रमित भएका थिए । जसमध्ये एक जना सुरक्षा गार्डको निधन पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.