अधिकांश ग्राहकले तिहारमा झिलिमिली बत्ती किनेनन्, आयात पनि ७० प्रतिशत कम, ९० प्रतिशत चीनबाटै

  २०७७ कार्तिक ३० गते १३:३०     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको असर तिहारमा पनि देखिएको छ । गत वर्षहरुमा तिहारको समय आउने् बित्तिकै बजारको माहोल बढ्थ्यो । तर, यस वर्ष भने त्यस्तो माहोल छैन ।

व्यवसायीहरुका अनुसार यस वर्ष बजार पनि निकै साँघुरिएको छ । अघिल्ला वर्षहरुमा बजारमा तिहार तथा दिपावलीका लागि झिलिमिली बत्ति खरिद गर्नेको भिड हुन्थ्यो । झिलिमिली बत्ती बिक्री गर्ने व्यापारीहरुको संख्या निकै बढ्थ्यो । विभिन्न किसिमका बत्तिले घर सजाउने र आफन्तजनहरुलाई शुभकामना दिनेहरुको भिड हुन्थ्यो ।

यद्यपि यसपटक कोरोना कहरले झिलिमिली बत्तीको आयातमा पनि कमी आएको छ । इलेक्ट्रिक व्यवसायी महासंघका अनुसार गत वर्षभन्दा यो वर्ष ७० प्रतिशतले आयात कम भएको छ । यो वर्ष करिब १५ करोडदेखि १८ करोडसम्मका बत्ती आयत गरिएको महासंघका उपाध्यक्ष सुदर्शन पौड्यालले बताए ।

गत वर्ष तिहारकै लागि ४० करोड रुपैयाँको विद्युतीय बत्ती आयात गरिएको थियो । पतिहारमा प्राय जसो डुम लाईट, पियानो लाईट, लेजर लाईट, झुमर, रेनफल लाईट, डिस्को लाईट, लेजर लाईट चीम लगायतका बत्ति तिहार तथा दिपावलीमा बढि प्रयोग हुने गरेका छन् । व्यापारीहरुले हाल बजारमा सबैभन्दा बढी झुमर, चीम र डुम लाईट बढि बिक्री हुने व्यापारीहरु बताउँछन् ।

नेपालमा खरिद बिक्री हुने सम्पूर्ण बत्ती चीन र भारतबाट आयात हुने गरेका छन् । यस पटक हालसम्म तिहारका लागि मात्रै चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत बत्ति आयात भएको छ । चीनबाट आयात हुने बत्ति भारतको भन्दा बढी सस्तो र आकर्षण हुने भएकोले बढी सामाग्री चीनबाट आयात हुने नेपाल इलेक्ट्रिक व्यवसायी पौड्यालले बताए ।

गुणस्तरीय बत्ती दुई तीन वर्ष चल्ने भएकोले धेरैसँग पुरानै हुन्छ । तिनीहरुले पुरानै प्रयोग गरेको र नयाँ ग्राहक मात्र बजारमा खरिद गर्न आउने भएकाले आयात कम भएको उनले बताए ।

बजारमा वाट अनुसारको बत्तीको मूल्य तोकिएको छ । डुमलाईटको आठ सय पचास, ६० मिटर पियानो लाईटको एक हजार दुई सय, लजेर लाईटको एक हजार दुई सय, डिस्को लाईटको आठ सय पचास रुपैयाँ मूल्य रहेको छ । यस्तै सबैभन्दा बढी बिक्री हुने झुमरका पनि १ हजार देखि ३०/४० हजारसम्म खरिद बिक्रि भइरहेका छन् ।

पहिलेको वर्ष नै खरिद गरिएका गुणस्तरीय एलइडी प्रयोग भएका झिलिमिली बत्तीहरुको प्रयोग बढेकै कारण व्यापारमा कमि आएको साथै उपभोक्ताहरुमा गत वर्षकै स्टक रहेकोले पनि पहिलेको भन्दा व्यापारमा कमी आएको महासंघले जनाएको छ ।

अहिले बजारमा लाईट, फोटो, स्टिकर, रंगिन बल्ब लगायतका विभिन्न प्रकारका रङ्गीचङ्गी बत्ति खरिद बिक्री भइरहेका छन् । विशेष गरेर अहिले कोरोना भाइरसको कारण बत्तीको आयात कम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.