तिहारमा एनआइसी एसिया बैंकको अफरः मोबाइल बैंकिङमार्फत दक्षिणा दिँदा १ सय क्यास पाइने

  २०७७ कार्तिक २९ गते १४:१६     विकासन्युज

काठमाडौं । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले भाईटिकामा ग्राहकले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरेमा दक्षिणा रकममा थप रू.१०० बैंकले आफ्नो तर्फबाट प्रदान गरिदिने भएको हो ।

यस बैंकमा आबद्ध ग्राहकलाई भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम रू. ५०० स्थानान्तरण गर्नुपर्ने बैंकले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ३०० सम्म दक्षिणा प्राप्त गर्न सकिनेछ ।

उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत मोबाइल बैंकिङ एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमा रहेको डिजिटल दक्षिणामा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कमा भाइटिका जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ्ग प्रवद्धनमा समेत सघाउ पुग्ने विश्वास लिएको छ ।

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्ने छन् ।

डिजिटल फष्ट बैंक बन्ने आफ्नो दीर्घकालिन रणनीतिअनुरुप बैंकले आफ्ना डिजिटल सेवा तथा सुविधाहरू बढी भन्दा बढी ग्राहकहरू समक्ष पु¥याउन विभिन्न प्रवद्र्धनात्मक योजनाहरू सञ्चालन गरिरहेको छ ।

जस अनुरुप ग्राहकले मोबाइल बैंकएपबाट भुक्तानी गर्दा ह्याप्पी वाउर योजनाबाट रू. ४००, सुपर सिक्स क्याम्पेन योजनाबाट रू. ५००÷– तथा अनलाइनबाट खाता खोली पहिलोपटक मोबाक्ष्ल बैंक मार्फत कारोबार गर्दा रू. ५०० गरी मासिक रुपमा रू. १,४०० सम्मको नगदफिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ ।

साथै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

बैंकले अझ बढी यस्ता योजनाहरू थप गर्दै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा आकर्षित गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु¥याउने विश्वास लिएको छ ।

हाल बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

२२ लाख भन्दा बढी ग्राहक भएकोे यस बैंकले गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.