हिमालयन बैंकको खुद नाफा ३६ करोड ५९ लाख

  २०७७ कार्तिक २८ गते ९:४५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा कम भएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३६ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ८३ लाख रुपैयाँले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद व्याज आम्दानीसँगै अन्य आम्दानी घटेको छ । बैंकको वितरण योग्य नाफा ६२ लाख ६२ हजार रुपैयाँ छ।

बैंकको खुद व्याज आम्दानी ३७ करोड ९९ लाख रुपैयाँ घटेर ९३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा ५१ करोड ७५ लाख रुपैयाँ छ।

९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ५० करोड ४६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ७२ करोड र रिटेन्ड अर्निङ्गमा २ अर्ब ४९ करोड रुपैयाँ थियो।

बैंकको निक्षेप १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १ खर्ब १ अर्बबाट घटेर ९९ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३२ रुपैयाँ ५९ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १५ रुपैयाँ ६२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.९२ गुणा रहेको छ। बैंकको आधार दर ८.९३ प्रतिशतबाट घटेर ७.१६ प्रतिशत र स्प्रेड दर ५.३६ प्रतिशतबाट ४.७८ प्रतिशत कायम भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.