गोर्खाज फाइनान्सको नाफा २२२ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी ३० रुपैयाँ

  २०७७ कार्तिक २८ गते ८:३६     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सको नाफा २२२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा फाइनान्सले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको नाफा २ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

फाइनान्सको सञ्चालन नाफा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको प्रथम तीन महिनामा २९ करोड ३७ लाख सञ्चालन नाफा गरेको यस फाइनान्सले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ९४ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ ।

नाफा वृद्धिसँगै प्रति सेयर आम्दानीमा उच्च वृद्धि भएको छ । गत वर्ष प्रति सेयर आम्दानी ९ रुपैयाँ ४१ पैसा रहेकोमा अहिले प्रति सेयर आम्दानी ३० रुपैयाँ ३६ पैसा भएको छ ।

फाइनान्सले ७ अर्ब ४० करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९ करोडले बढी हो । त्यस्तै, फाइनान्सको कर्जा सापटी ५ अर्ब ६७ करोड रुपैयाँ छ भने विभिन्न क्षेत्रमा ९३ करोड रुपैयाँ लगानी भएको फाइनान्सले जनाएको छ ।

सेयर पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको यस फाइनान्सको कुल पुँजी कोष १ अर्ब ५३ करोड रुपैयाँ छ । पुँजी प्रयाप्तता अनुपात १४.१० प्रतिशत रहेको छ । फाइनान्सका अरु वित्तीय सूचाङकमा पनि सुधार देखिएको छ । वेस रेट करिव १३ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ९ प्रतिशतबाट ६.८६ प्रतिशतमा झरेको छ । तर फाइनान्सको खराव कर्जा भने अझै ४.७३ प्रतिशत रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.