१० अंकले बढ्यो नेप्से ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार

  २०७७ कार्तिक २७ गते १७:२९     विकासन्युज

काठमाडौ । साताको पाचौँ दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परिसूचक १० दशमलब ८२ अंकले बढेको हो ।

० दशमलब ६३ प्रतिशतले बढ्दा नेप्से परिसूचक १७१८ दशमलव ४९ बिन्दुमा पुगेको छ ।
बिहीबार १ सय ९८ कम्पनीले सेयर कारोबार गरेका छन् ।

१ करोड ३८ लाख ८९ हजार १ सय ८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५ सय ५१ रुपैयाँको कारोबार भएको छ ।

बैक समूह १०.२१, ट्रेडिङ्ग समूह १६४.७१, निर्जीवन बीमा कम्पनी ३९.१६, अन्य २८.३९, म्युचुअल फण्ड समूह ०.०१ अंकले बढेका छन् ।

यस्तै, होटल समूह १८.४१, विकास बैक ४.४७, जलविद्युत ६.४५, वित्तीय समूह ३.६५, उत्पादन मूलक समूह ३०.८६, माइक्रो फाइनान्स १.७१, जीवन बीमा समूह २८.९२ अंकले घट्न पुगेका छन् ।

बिशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतले सबै भन्दा धेरै नाफा आर्जन गरेका छन् ।

यस्तै, गतपति माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.