सिटिजन लाइफ इन्स्योरेन्समा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा “क्यारियर विकास” तालिम सम्पन्न

  २०७७ कार्तिक २५ गते १५:३९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारी लगायत अभिकर्ताहरुको लागी जूम एप मार्फत “क्यारियर विकास र एम्.डी.आर.टी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेकाे जनाएकाे छ। उक्त कार्यक्रममा ४०० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।

कार्यक्रमको शुरुवातमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल ज्यूले यस तालिमको आवश्यक्ता, एजेन्सी क्यारियर तथा सोका फाइदा आदिका बारेमा प्रकाश पारे । यसका साथै उनले यस तालिमबाट पुरा लाभ लिन सिटिजन लिडरहरुलाइ प्रेरित गरेका थिए ।

उक्त कार्यक्रमका मुख्य तथा अन्तराष्ट्रिय प्रशिक्षक विजय कुमार झाले अभिकर्ताहरुहरूले सामना गरिरहेका चुनौतीहरू, तीनका समाधान, नयाँ अन्तरदृष्टि र कोभिड महामारीको स्थितिमा व्यवसाय गर्ने तरिकाहरूका साथै “एम्.डी.आर.टी” लक्ष्य सजिलै हासिल गर्ने तरिका, योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुन पर्ने गुणहरुका बारे प्रकाश पारेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.