एभरेष्ट बैंककाे नाफा साढे ३३ करोड, प्रतिसेयर आम्दानी १५.७३ रुपैयाँ

  २०७७ कार्तिक २४ गते ११:२२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जुन  अघिल्लो आर्थिक वर्षकाे तुलनामा ५१.५४ प्रतिशतले घटी हाे । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियाे ।

समिक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा १३ करोड ५९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, खुद ब्याज आम्दानी घटेर १ अर्ब २ करोड रुपैयाँमा र सञ्चालन मुनाफा पनि घटेर ४७ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यमा ८ अर्ब ९ करोड रुपैयाँ सञ्चित रहेको बैंकको जगेडा कोषको रकम घटेर ८ अर्ब ७ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, रिटेन्ड अर्निङ्ग १ अर्ब ७९ करोड बाट बढेर २ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ भने सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।

बैंकले गत असोज मसान्तसम्ममा १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यस्तै, प्रतिसेयर आम्दानी घटेर १५.७३ रुपैयाँमा झरेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४.९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २२३.३२ र मूल्य आम्दानी अनुपात ४४.९७ गुणा कायम रहेको बैंकको विवरणमा रहेको छ ।

बैंकको निष्क्रिय कर्जा बढेर ०.२२ प्रतिशत रहेको छ । त्यस्तै, बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ७.०७ प्रतिशत र ३.९४ प्रतिशतमा झरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद(कर समेत) गरी  १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सम्बन्धित समाचारः

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद बढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.