बेल्जियमले नेपाली उत्पादनको निर्यात प्रवद्र्धन तथा निगमको उडानलाई सहज बनाउने

  २०७७ कार्तिक २३ गते १८:०९     विकासन्युज

काठमाडौं । बेल्जियमले नेपाली उत्पादनहरुको निर्यात प्रवद्र्धन तथा निगमको उडानलाई सहज बनाउने भएको छ । आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले सो कुरा बताएका हुन् ।

छलफलका क्रममा उनले सम्भाव्यता बोकेका नेपाली उत्पादनहरुको निर्यात प्रवद्र्धन लगायत नेपाल वायुसेवा निगमको उडानलाई सहज बनाउनको लागि आफूले सकेको पहल गर्ने बताएका हुन् । आर्थिक मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रका अपेक्षाहरुलाई पुरा गर्नको लागि नीतिगत व्यवस्थाहरुलाई सहज बनाइ कार्यान्वयनको लागि योगदान पुर्याउने उनको भनाई थियो ।

साथै, उनले लगानी विस्तार र आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रको सधै सहकार्य हुनु पर्ने बताउँदै वैदेशिक लगानी विस्तारमा आफूले पहल गर्ने बताएका छन् ।

उक्त भेटमा परिसंघका अध्यक्ष मोरले परिसंघले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धन गर्नु पर्ने आजको आवश्यकता रहेको राजदूत समक्ष बताए । वैदेशिक लगानी भित्र्याउनको लागि प्रकृयागत झण्झट र कानुनी अवरोधहरुलाई सहज बनाउनको लागि परिसंघले पहल गरीरहेको बताउँदै सरकारबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरेको उनले बताए ।

अध्यक्ष मोरले स्वदेशी पुँजीलाई परिचालन गरी रोजगारीको सृजना गर्न र उद्योगहरुको क्षमता अभिवृद्धि गरी औद्योगिकरण मार्फत देशको अर्थतन्त्रलाई मजबुत बनाउन परिसंघ सधै क्रियाशिल रहेको बताए ।

त्यसैगरी नेपाल र बेल्जियम बीच सुसम्बन्ध रहँदै आएको बताउँदै दुई देशबीचको सम्बन्धनलाई थप प्रगाढ बनाई नेपाली कार्पेट र हस्तकलाका वस्तुहरुको निर्यात व्यपारलाई प्रवद्र्धन गर्नु पर्ने आजको आवश्यकता रहेको बताए । बेल्जियम र युरोपियन युनियनमा आवद्ध राष्ट्रहरुमा नेपालको धार्मिक, सांस्कृतिक र पर्यटनको गन्तव्य स्थललाई उर्जागर गर्ने प्रकारका कार्यक्रम र प्रचारात्मक सामाग्रीहरुको माध्यमबाट नेपालमा पर्यटन व्यवसाय प्रवद्र्धनको लागि पहल गर्न समेत अध्यक्ष मोरले जोड दिए ।

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले अन्य मुलुकहरुमा जस्तै बेल्जियम र युरोपियन युनियनमा आवद्ध देशहरुमा पनि नेपालले पर्यटन प्रवद्र्धन, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी र उनी गलैचाहरुको निर्यातलाई प्रवद्र्धन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्न सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.