सन्तोष मैनालीको नेतृत्वमा ब्रोकर एशोसिएसनको नयाँ कार्यसमिति चयन

  २०७७ कार्तिक २१ गते १६:१०     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार सम्पन्न एशोसिएसनको २६औं वार्षिक साधारण सभाले मैनालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिव रमनदेव पन्त र कोषाध्यक्षमा भक्तिराम घिमिरे रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा मदन पौडेल, सुयोग अधिकारी, फणिन्द्र ढकाल, रविन्द्र श्रेष्ठ र मित्रलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

याे नेतृत्वले आगामी दुई वर्षसम्म कार्यभार सम्हाल्ने छ ।

नवनियुक्त अध्यक्ष सन्तोष मैनाली स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् । उनीसँग एशोसियसनको कार्यसमितिमा महासचिव र सदस्य पदमा काम गरेकाे अनुभव रहेकाे छ।

यसअघि ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाटले एशोसिएशनमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको दुई वर्षे कार्यकाल गत असोज १२ गते नै सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.