२०७७ कार्तिक १८ गते १७:१० विकासन्युज
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ६१४ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३७ हजार ४ सय ७६ पुगेकाे छ ।
नेपालमा आजसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३१४२ जना निकाे भएसँगैं हालसम्म १ लाख ४१ हजार १३४ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा २० जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १००४ पुगेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.