मंगलबार सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

  २०७७ कार्तिक १८ गते ११:२३     विकासन्युज

काठमाडाैं । मंगलबार सुन ताेलाकाे ९५ हजार चार सय पुगेकाे छ । मंगलबार सुन तोलाकाे ४ सय रुपैयाँले बढेर प्रतिताेला ९५ हजार चार सय पुगेकाे हाे । यसअघि साेमबार छापावाल सुन ताेलाका ९५ हजारमा काेराेबार भएकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । साेमबार ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन मंगलबार प्रतितोला ४ सयले बढेर ९४ हजार नाै सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १२१० रुपैयाँ पुगेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.