सिजीले लन्च गर्यो नयाँ सिरिजको वासिङ मेसिन, ९९.९९ प्रतिशतसम्म स्टरलाईज गर्ने

  २०७७ कार्तिक १७ गते ११:४७     विकासन्युज

काठमाडौं । सिजीले वासिङ मेसिनको दुनियामा नयाँ सिरिजको वासिङमेसिन लन्च गरेको छ । हेर्दा निकै नै आकर्षक देखिने तथा उच्च गुणस्तर भएका यो वासिङ मेसिनमा धेरै भन्दा धेरै विशेषताहरुले भरिपूर्ण रहेको छ ।

यसको विशेषताहरुमा स्पा केयर, विएलडिसि मोटर, वाटर क्युब ड्रम, स्वाईल लेबल र उल मार्क रहेको छ । स्पा केयरको सहायताले ७० डिग्रीसम्म तापक्रममा बाफ उत्पन्न गरि कपडामा रहेको किटाणु एवम् यसमा रहको दुर्गन्धहरुलाई ९९.९९ प्रतिशतसम्म स्टरलाईज गर्दछ । यसमा विएलडिसि मोटरको प्रयोग गरिएको हुनाले अरु मोटरको तुलनामा ७० प्रतिशतसम्मको इनर्जी बचत गर्दछ ।

त्यस्तै अर्को विशेषतामा वाटर क्युब ड्रम पर्दछ । यो वासिङ मेसिनमा २१९६ वटा प्वालहरु रहेका छन् र प्रत्येक प्वाल २.४ मिलिमिटर व्यासको साईजमा छन् । यो ड्रमको सहायताले कपडालाई मज्जाले मसाज गरि यसमा रहेको जिद्दी भन्दा जिद्दी दागहरुलाई सजिलै हटाउने गर्दछ ।
यो वासिङ मिसिनमा स्वाईल वास प्रोग्राम रहेको छ । जसको कारण कपडामा रहेको मैलाहरुलाई मापन गरि गहिराईमा गई धुलाई गर्नेछ ।

यसमा तीन वटा छुट्टा छुट्टै लेबल देख्न सकिन्छ । उपभोक्ताले आफ्नो आवश्यकता अनुरुप यसलाई छानिछानि प्रयोग गर्न सक्नेछन् ।
जाडो महिनालाई मध्यनजर गरि यस वासिङ मेसिनमा उल प्रोग्राम पनि राखिएको छ । जसले गर्दा उपभोक्ताले जाडोमा प्रयोग हुने कपडाहरुलाई सजिलै धुन सक्नेछन् । यो वासिङ मेसिन ८ र ९ केजिमा उपलब्ध छ ।

यो वासिङ मेसिनमा कम्पनीले मोटरमा १० वर्षसम्मको वारेन्टी उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.