मर्जपछि सारथी नेपाल लघुवित्तको सेयर सूचीकृत, कारोबार फुकुवा

  २०७७ कार्तिक १६ गते १५:२२     विकासन्युज

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको २३ लाख ५३ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । साविकको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएपश्चात बनेको संस्थाको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त दुई संस्था १ः१ को अनुपातमा एक आपसमा गाभिएका थिए । उक्त मर्जर प्रकृया सम्पन्न भएसँगै संस्थाको सो मात्राको सेयर सूचीकृत भएको हो ।

त्यस्तै, सेयर सूचीकरणसँगै संस्थाको सेयर कारोबार पनि फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ । यसअघि मर्जर प्रकृयामा रहेकाले नेप्सेले उक्त संस्थाको सेयर कारोबार रोक्का गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.