हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

  २०७७ कार्तिक १६ गते १३:४५     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ४ प्रतिशत अर्थात ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीकाे आज(कार्तिक १६ गते) मात्रै साे मात्राकाे सेयर नेप्सेमा सूचीकृत भएकाे हाे । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ ।

आइतबारको बजारमा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीको सेयर मूल्य १.१७ अर्थात ६ रुपैयाँले घटेर प्रतिकित्ता ५०६ रुपैयाँमा किनबेच भइरहेको छ । पछिल्लो दिन कम्पनीको सेयर प्रतिकित्ता ५१२ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.