सिद्धार्थ बैंकको क्रेडिट कार्ड चाहिए अब घरबाटै आवेदन दिन सकिने

  २०७७ कार्तिक १४ गते १२:४६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले कार्तिक १३ गते देखि उक्त व्यवस्था ल्याएको हो ।

अब क्रेडिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा   गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सकिन्छ ।

आवेदन दिए पश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्र्पक गर्न सक्नेछ । साथै, कार्ड तयार भईसके पश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।

बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.