सिटिजन्स बैंकबाट दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक पाइने

  २०७७ कार्तिक ६ गते १८:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ”डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दशैमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका हुन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिनदेखि द्वादशीसम्म तिन पटक गरी ५०० रुपैयाँ भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा विवरणमा भने “दक्षिणा” भनी खुलाउनपर्ने छ ।

दशैलाई लक्षित गरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.