बिहिबार पनि बढ्याे सुनकाे मूल्य

  २०७७ कार्तिक ६ गते १२:१५     विकासन्युज

काठमाडाैं । बिहिबार प्रतितोला २०० रुपैंयाले सुनकाे मूल्य बढेकाे छ । बुधबार प्रतितोला ९५ हजार ५ सय रूपैयाँमा काेराेबार भएकाे सुन बिहिबार प्रतितोला ९५ हजार ७ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । बुधबार ९५ हजार रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन बिहिबार प्रतितोला २ सयले बढेर ९५ हजार २ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १२३० रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.