औजार एक सोलुसन औपचारिक रुपमा शुरू, युवालाई प्राविधिक तालिम तथा रोजगारी दिने लक्ष्य

  २०७७ कार्तिक १ गते २२:१२     विकासन्युज

काठमाडौं । औजार एक सोलुसनको औपचारिक रुपमा शुभारम्भ भएको छ । २०७७ भदौ १ गतेदेखि कार्य सुरुवात गरेको औजारले आज(कात्तिक १ गते) घटस्थापनाको दिन पारेर विधिवत रुपमा शुभारम्भ गरेको हो ।

स्थापनाको दोस्रो महिनासम्म आइपुग्दा उल्लेखनीय सेवा दिन सफल औजारले भविष्यमा अझ विश्वासिलाे तथा भरपर्दो सेवा दिने अठोट लिएको छ । एकजना प्राविधिकबाट कार्य सुरु गरेको औजारसंग अहिले प्रतक्ष्य १३ तथा अप्रतक्ष्य २२ गरि ३५ जना प्राविधिक तथा ३ जना व्यस्थापक गरि जम्मा ३८ जनाको परिवार रहेको छ ।

२१ देखि ३८ वर्ष उमेर समूहको औजार परिवारसंग आजर्किटेकदेखि लिएर आइटी इन्जिनीयर सम्मको सहभागिता रहेको औजारका प्रबन्ध संचालक उत्सब भट्टराईले बताए ।

आजैबाट आफ्नो वेवसाइट सुरु गरेको औजारलाई ग्राहकहरुले औजार सोलुसन डटकम बाट पनि सम्पर्क गर्न सक्नेछन् । कर्मशील युवाहरुको सोच अनि अठोटका साथ अगाडी बढेको औजारले एक वर्ष भित्र नेपालकै एक नमुना सेवा प्रदायक संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य लिएको सस्थाका सह संचालक तथा प्लम्बिङ्ग तथा सेनिटरी एक्स्पर्ट उमेश भुजेलले जानकारी गराएका छन् ।

सस्थाले संख्यात्मक मात्र नभएर गुणात्मक सेवासंगै देशमा छरिएर रहेका युवाहरुलाई प्राबिधिक तालिम तथा रोजगारीको व्यवस्था गर्ने संस्थाका अर्का सदस्य तथा इलेक्ट्रिकल तथा नेटवर्किङ्ग एक्स्पर्ट विशाल कार्कीले बताए ।

औजारले इलेक्ट्रिकल, नेटवर्किंग, प्लम्बिङ्ग, कार्पेंटरी, मेसन, टाएल मेसन, मेटल वर्क, आलुमिनियम पार्टेसन, रंगरोगन आदिको मर्मत, सम्भार तथा नयाँ कामहरु गर्दै आएको छ ।

औजारलाई ग्राहकहरुले वेबसाइट, फेसबुक, डाइरेक्ट कल तथा डोर टू डोर मार्केटिंगबाट सम्पर्क गर्न सक्ने औजारका प्रबन्ध संचालक उत्सव भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.