सार्वजनिक भए आइफोन–१२ सिरिजका ४ मोबाइल, यस्ता छन् विशेषता र मूल्य

  २०७७ असोज २८ गते १२:११     विकासन्युज

काठमाडौ । आईफोन–१२ सिरिजका ४ वटा फोन सार्वजनिक भएका छन् । ४५ सेकेन्डमै २० गिगाबाइटसम्मको भिडियो डाउनलोड हुने विशेषता सहितको नयाँ आइफोन बजारमा आएको हो ।

उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ । कम्पनीले आइफोन–१२, आइफोन–१२ मिनी, आइफोन–प्रो र आइफोन–१२ प्रोम्याक्स सार्वजनिक गरेको हो । यी चार मोडलमध्ये आइफोन–१२ र आइफोन–१२ मिनीमा ६४, १२८ र २५६ जीवी स्टोरेज क्षमतामा उपलब्ध छन् । आइफोन–१२ प्रो र आइफोन–१२ प्रोम्याक्समा ६४, १२८, २५६ र ५१२ जवी स्टोरेज क्षमता छ ।

मंगलबार सार्वजनिक भएका उक्त आइफोनको मूल्य कम्तिमा ६ सय ९९ अमेरिकी डलरदेखि १ हजार १ सय ९९ डलरसम्म तोकिएको छ ।

कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार आइफोन–१२ मिनीको मूल्य ६ सय ४९ डलर छ भने आइफोन–१२ को मूल्य ७ सय ९९ अमेरिकी डलरबाट सुरु हुन्छ ।

यसरी नै आइफोन–१२ प्रो र आइफोन–१२ प्रोम्याक्सको मूल्य क्रमश ९ सय ९९ डलर तथा ११ सय ९९ डलर सुरु हुने कम्पनीले जनाएको छ ।

मोवाइलमा उपलब्ध विभिन्न सुविधा तथा स्टोरेज अनुसार मूल्यमा फरक पर्छ ।

ग्राहकले आगामी नोभेम्बर तथा अक्टोबर महिनाबाट मोवाइलको प्रिअर्डर गर्न तथा हात पार्न सक्ने कम्पनीले जनाएको छ ।

विषेशता

आइफोनको स्क्रिन परिवर्तन गरिएको छ । आगामी दिनमा ग्राहकहरुले मोवाइल फोन बोक्दा आइफोनको स्क्रिनमा परिवर्तन भएको पाउँन सक्नेछन् । यी आइफोनमो स्क्रीन केही ठूलो (६.१ इन्च) रहेको छ । पर्यावरणमा प्रभाव कम पार्न भन्दै कम्पनीले मोबाइलको साथमा चार्जर र एयरफोन भने नदिने भएको छ ।

यस्तै, लन्च भएको उक्त आइफोनमा फ्ल्यास बिना नै रातमा सेल्फी लिन सकिने विषेशता छ । नयाँ आइफोनमा फाइभजी नेटवर्क चल्ने गरी बनाइएको छ । सोही कारण कम्पनीले आगामी दिनमा नयाँ सेरिजका फोनमा ग्राहकको विषश आकर्षण रहने दाबी समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.