आइएमएस मोटर्सको दशैं तिहार अफरः ३ लाख रुपैयाँसम्म छुट पाइने

  २०७७ असोज २७ गते १९:४६     विकासन्युज

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट” ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले ३ लाख रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

साथै, ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि पाउन सक्छन् । त्यसैगरी, कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।

साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, तीन वर्षसम्म निःशुल्क मर्मत लागत, २५ हजार रुपैयाँ बराबरको निःशुल्क एसेसरिज र निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ वर्षसम्म)को अफर दिने भएको छ ।

यस स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर २०७७ साल असोज २८ गतेदेखि कार्तिक २६ गतेसम्म मात्र हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.