पहिलेको भन्दा दोब्बर काम गरेर देखाउने रणनीतिमा योजना आयोग, यस्तो बन्दैछ प्लान

  २०७७ असोज २७ गते १३:३३     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सबै क्षेत्रलाई असर गरेको छ । अझ विकास निर्माणको क्षेत्रलाई त कोरोना भाइरसले निकै असर गर्यो ।

कोरोना भाइरसकै कारण सरकारले चैत ११ गतेदेखि ५ महिनासम्म गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाको समावधिभर विकास निर्माणका काम ठप्प नै भए । अहिले सरकारले लकडाउन खोलिसकेको छ । तर, अझै पनि विकास निर्माण तथा ठूला आयोजनाको काम भने प्रभावकारी ढंगले अगाडि बढ्न सकेको छैन ।

विकास निर्माणका आयोजना कम्पनीहरुले निर्माण कार्य सञ्चालन गर्नमा विभिन्न समस्या तथा चुनौतीहरु देखिएको भन्दै काम अगाडि बढाउन सकेका छैनन् । अहिले कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको भएपनि सरकारले लकडाउन निषेधा गर्ने निर्णय गरेको छैन ।

अन्य व्यापार व्यवसाय लकडाउनपछि विस्तारै सामान्य तर्फ फर्किरहेको अवस्थामा विकास निर्माणका काममा भने विभिन्न समस्या तथा अभाव रहेको भन्दै निर्माण आयोजनाहरुले काम अगाडि बढाउन नसकिएको बताउँदै आएका छन् ।

निर्माण व्यवसायी अर्थात आयोजना कम्पनीहरुले कोरोना भाइरसको महामारीमा कामदारको अभाव, निर्माण सामग्रीको अभाव, सरकारले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड परिपालना गर्न नसकिएको जस्ता समस्याहरु देखाएर काम हुन नसकेको बताउँदै आएका हुन् ।

यसले गर्दा चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य सम्पन्न हुने भनिएका धेरै आयोजनाहरु अलपत्र अवस्थामा परेका छन् । अब ती आयोजनाहरु यो वर्ष भन्दा पनि एक दुई वर्षपछि मात्रै निर्माण कार्य सम्पन्न हुन सक्ने देखिन्छ ।

तर, राष्ट्रिय योजना आयोग भने चालु आवमा निर्माण कार्य सकिने आयोजनाहरुको समयावधि लम्ब्याउन नहुने पक्षमा देखिएको छ । आयोग याेजनावद्द किसिमले काम गर्नको लागि तयारी पनि गरिरहेको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार आयोगले कोरोना भाइरसको कारण प्रभावित भएका आयोजना तथा अन्य राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्नको लागि पोष्ट–कोभिड रिकभरी प्लान तयार गरिरहेकाे छ ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मिनबहादुर शाहीले कोरोना भाइरसले प्रभावित भएका आयोजनाहरुको रिकभरी अर्थात ती आयोजनाहरुको निर्माण कार्य समयमै सक्ने लक्ष्यका साथ आयोगले योजनावद्ध किसिमले अगाडि बढ्नको लागि योजना बनाइरहेको बताए ।
‘कोभिड–१९ प्रभावित आयोजनालाई सम्बोधन गर्ने गरी आयोगले पोष्ट–कोभिड रिकभरी प्लान बनाइरहेको छ, त्यसमा १५ औं आवधिक योजनाले निक्र्यौल गरेका रुपान्तरणकारी आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरु पर्नेछन्,’ उनले भने ।

उनले सबै आयोजना के कति प्रभाव तथा असर परेको छ त्यो सबै अध्ययन भइसकेकोले अब चाँडै नै सो प्रतिवेदन सार्वजनिक हुने बताए । ‘हामीले धेरै राष्ट्रि गौरवका आयोजनाहरुको निर्माण कार्य चालु आवभित्रै सक्ने गरी समयावधि तोकेका थियौं, तर कोरोनाको कारणले ती आयोजनाहरुको काम हुन पाएन, अझै पनि ती आयोजनाहरुलाई कसरी चालु आवमै सम्पन्न गर्न सकिन्छ हामीले योजना बनाएका छौं,’ उनले भने ।

उनका अनुसार पहिले ८ घण्टा हुने काम अब १६ घण्टा हनेछ भने ६ घण्टा मात्र काम हुन्थ्यो भने त्यो आयोजनामा अब १२ घण्टा काम गनरिनेछ । उनले अब पहिलेको भन्दा दोब्बर काम गरेर आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

उनले आयोजनाको अध्ययन बमोजिम नै प्रतिवेदन आइसकेपछि समेही अनुसार काम हुने बताए । कोरोना भाइरसको महामारीमै पनि उच्च स्वास्थ्य सर्तकता अपनाएर काम हुने उनले बताए ।
निर्माण सामग्रीको सहज आपूर्ति, कादारको परिपूर्ति र अन्य समस्या तगथा चुनौतीहरुमा सहजीकरण भएर काम निर्वाध रुमा अगाडि बढ्ने उको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.