साेमबार नेपालमा चार हजार ४७ जना काेराेना संक्रमित थपिए

  २०७७ असोज २६ गते १६:२५     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप चार हजार ४७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप चार हजार ४७ जना र उपत्यकामा मात्र २२८३ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८ सय २ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३३ हजार ७ सय ८० पुगेकाे छ ।

नेपालमा आजसम्म ११ लाख ९१ हजार ५ सय १४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १४७३ जना निकाे भएसँगैं हालसम्म ७७ हजार २७७ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ६४५ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.