महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल काेराेनामुक्त

  २०७७ असोज २५ गते २१:४०     विकासन्युज

काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइ ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल काेराेनामुक्त भएका छन् । काेराेना संक्रमण भएपछि उनकाे ह्यम्स अस्पतालमा उपचार भइरहेकाे थियाे ।

‘हिजो गरिएको स्वाब परीक्षणको आज प्राप्त मेरो रिपोर्ट नेगेटिभ आएको खुशीसाथ जानकारी गराउन चाहन्छु’ ढकालले आइतबार फेसबुकमा लेखेका छन्-यो दुई हप्ताको अवधिमा मेरो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरी मलाई स्वास्थ्य लाभको कामना गर्ने देशका विभिन्न क्षेत्रका आदरणीय महानुभावहरु, नेपाल उद्योग वाणिज्य महासंघसहित देशका समग्र व्यवसायी साथीहरु एवं सबैप्रति कृतज्ञ छु ।’

ढकाललाई असाेज १२ गते काेराेना पाेजेटिभ देखिएकाे थिए । शुरूमा सामान्य अवस्थामा रहेका ढकाल हाेम आइसाेलेशनमा बसेका थिए । पछि ज्वाराे आउने, स्वास्प्रवाश्वसमा समस्या हुने लगायतका लक्ष्यण देखिएपछ अस्पताल भर्ना भएका थिए । आफ्नाे उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उनले धन्यवाद दिएका छन् ।

‘यहाँहरुको सद्भाव, शुभेच्छा र मायाले नै मैले कोभिड भाइरसलाई परास्त गर्न सकेको महसुस गरेको छु । यसबीचमा यहाँहरुको फोन रिसिभ गर्न तथा एसएमएस आदिको जवाफ लेख्न असमर्थ भएकोमा तपाईँहरु सबैप्रति क्षमाप्रार्थी छु’ ढकालले भनेका छन् । उनले महामारीको अहिलेको अवस्थामा स्वदेश तथा संसारभरी रहेका नेपालीहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाई सपरिवार सुरक्षित रहन उनले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.