बैंकहरुको औसत सीसीडी ७२ प्रतिशत, मेगाले ८० प्रतिशत कटायो

  २०७७ असोज २५ गते ११:०२     विकासन्युज

काठमाडौं । बैंकहरुले कर्जाको माग कम भएर लगानीयोग्य रकम बैंकमा थुप्रियो भनिरहेको बेलामा उनीले कर्जा लगानी थप गर्न सक्ने अधिकतम सीमा ८ प्रतिशत मात्रै बाँकी छ । बैंकहरुले संकलन गरेको निक्षेप, उनीहरुको पुँजी र कर्जाको अनुपातमा औसतमा थप ८ प्रतिशत रकम कर्जाको रुपमा प्रवाह गर्न सक्ने देखिएको हो ।

गत असोज १६ गतेसम्ममा सबै वाणिज्य बैंकहरुको गरी औसत पुँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो) ७२.३८ प्रतिशत छ । यस्तो अनुपात बैंकहरुले ८० प्रतिशतसम्म पुर्याउन पाँउछन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सीसीडी रेसियो ६२ प्रतिशत मात्रै छ । सो बैंकले थप १८ प्रतिशतसम्म कर्जा बढाउन सक्ने ठाउँ छ । यस्तै, स्ट्याडर्ड चार्टर्ड बैंक नेपालको ६५ प्रतिशत छ । सरकारको पनि लगानी रहेको नेपाल बैंकको सीसीडी रेसियो ६७ प्रतिशत छ ।

सीसीडी रेसियो उच्च भएको बैंकमा मेगा बैंक छ । सो बैंकको सीसीडी ८१ प्रतिशत छ । एनएमबी बैंकको पनि ८० प्रतिशत छ ।

यस्तै, कृषि विकास, बैंक अफ काठमाडू, सेन्चुरी, ग्लोबल आइएमई र लक्ष्मी बैंकको सीसीडी ७२/७२ प्रतिशत छ । सिटिजन्स बैंको ७४ प्रतिशत, सिभिल र एभरेष्टको ६८/६८ प्रतिशत, हिमालयन ६४ प्रतिशत, कुमारी बैंकको ७४ प्रतिशत, माछापुच्छ्रेको ७७ प्रतिशत, नविलको ७५ प्रतिशत, नेपाल बंगलादेशको ७१ प्रतिशत, एनसीसी बैंकको ७४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ७४ प्रतिशत सीसीडी रेसियो छ ।

गत असोज १६ गतेसम्ममा एनआइसी एसिया बैंकको ७७ प्रतिशत, नेपाल एसबीआई बैंकको ६४ प्रतिशत, प्रभु बैंकको ७३ प्रतिशत, प्राइम बैंकको ८० प्रतिशत र सनराइज बैंकको ७६ प्रतिशत सीसीडी रेसियो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.