प्रभु डिजिटल अब पब्लिक लिमिटेडमा परिवर्तन, सार्वजनिक शेयर निष्कासन गर्ने बाटो खुला

  २०७७ असोज २२ गते १९:१०     विकासन्युज

काठमाडाैं । प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन हुने भएको हो ।

हालै दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।

यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको छ ।

नाम परिवर्तन र पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो समेत खुल्नेछ ।

प्रभु ग्रुप अन्तरगतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभी र ओटिटि सेवा समेत संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.