नेपालमा एकैदिन थपिए ३४ सय ३९ जना काेराेना संक्रमित, हालसम्मकै उच्च

  २०७७ असोज २१ गते १६:२५     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ३४ सय ३९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर ३४ सय ३९ र उपत्यकामा मात्र १६७४ जना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २५ हजार ७ पुगेकाे छ ।

नेपालमा आजसम्म ११ लाख १३ हजार ४ सय ८६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३४० जना निकाे भएसँगैं हालसम्म ६८ हजार ६६८ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १५ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५७८ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.