१२ लाखमै बनाउन सकिन्छ चिटिक्कको घर

  २०७७ असोज १६ गते १६:५३     सन्ताेष राेकाया

काठमाडौं । एउटा सानो र सुखी परिवार । सबैको आ–आफ्नै काम होस् । एउटा सुन्दर चिटिक्कको आधुनिक घर होस् । घरको पार्किङमै सुन्दर कार होस् । दिनभरी व्यस्त भइयोस् । अलि बोरिङ भयो भने त्यही कारमा स–परिवार घुम्न निस्किन पाइयोस् । आहा ! जीवन क्या मस्तको हुन्थ्यो होला ।

यो चाहना मेरो तपाईँ र सबैको हो । तर, यो चाहनाको बाधक बनेको हुन्छ पैसा । हो, त्यही पैसाको कारण तपाईँ हाम्रो चाहना सपनामै तुहिन्छ । कतिपयले ती चाहनाहरुलाई केही मात्रामा मुर्त पार्छन् भने कतिपयका ती चाहना अमुर्त हुन्छन् । इच्छा इच्छामै सीमित रहन्छन् ।

त्यसै त हाम्रो आम्दानी पनि कम । धेरै लगानीको घर बनाउने हाम्रो चाहनालाई हाम्रो आम्दानीले भ्याउँदैन । त्यसैले पनि हाम्रा चाहनाहरु चाहनामै सीमित हुन्छन् । निम्न तथा मध्यम वर्गले दशौं वर्ष संघर्ष गरेर जेनतेन शहरमा जमिन किन्छन् । त्यही जमिनमा एउटा चिटिक्कको आफूले चाहेको घर बनाउन फेरि वर्षौ कुर्नु पर्ने बाध्यता हामीसँग छ । लामाे समय कुर्दा कुर्दै उमेर ढल्केको पत्तै हुँदैन ।

त्यतिसम्म बुढ्यौली लागि सक्छ । सीमित मानिसले आफ्नो जीवनमै आफुले रोजेको घर देख्न पाउँछन् भने धेरैको त्यो सपना व्यक्तिसँगै जान्छ । तर, अब भने धेरै चिन्ता नगर्नुस् । हाम्रा ती अनेकन चाहनाहरुलाई पूरा गर्ने उद्धेश्यका साथ आएकाे छ सगुन इन्फ्राक्राफ्ट प्राइभेट लिमिटेड ।

सगुन इन्फ्राक्राफ्टले १२ लाख रुपैयाँमै सुन्दर र चिटिक्क परेको घर बनाउने लक्ष्यका साथ तपाईँ हाम्रै गाउँ शहरमा आधुनिक घर निर्माण गरिरहेको छ । एउटा सामान्य सिमेन्टको घर बनाउन पनि ३०/३५ लाख रुपैयाँ लगानी गर्नुपर्ने हामीले हाम्रो छिमेकमै देख्दै आएका छौं । केही मनग्य आम्दानी गर्ने र हुने खानेहरुका लागि मात्र सम्भव हुने त्यस्ता घरहरु अब सामान्य वर्गले अर्थात कम आम्दानी भएकाहरुले पनि बनाउन पाउँन् भन्ने उद्देश्यका साथ सगुन इन्फ्राक्राफ्टले चिटिक्क परेको सुन्दर आधुनिक घर निर्माण गरिरहेको छ ।

हामीले चाहेको सपनाकाे घर अब कमै लगानीमा थोरे समयमा बनाउन सकिन्छ । सगुन इन्फ्राक्राफ्टले नयाँ-नयाँ प्रविधिको प्रयोग गरी वैकल्पिक विधिले घर बनाइरहेको छ । कम्पनीले कम लगानीमा मात्र होइन लाइफटाइम टिक्ने किसिमले सुन्दर र बलियो घर निर्माण गरिरहेको कम्पनीका प्रमुख इञ्जिनियर शम्भु यादव बताउँछन् ।

नयाँ र आधुनिक प्रविधिबाट निर्माण गरिने घर नेपालीहरुको आम्दानीलाई मध्येनजर गरेर काम थालनी गरेको उनी बताउँछन् । उनले तीन कोठाको एकतले घर बनाउन १२ लाख र त्यही मोडेलको दुई तले घर बनाउन २० देखि २४ लाख रुपैयाँ लगानी लाग्ने बताए ।

उनले आरसीसी तथा अन्य प्रविधिको घरको तुलनामा यो किसिमको घर बनाउन ३० देखि ५० प्रतिशतसम्म सस्तो पर्ने बताए । उनले लगानी र समय पनि कम लाग्ने हुनाले अबको विकल्पकाे घर प्रिफेव प्रविधिको भएको बताए ।

प्रिफेव प्रविधिको घर बनाउन धेरै समय नलाग्ने उनी बताउँछन् । उनी एक महिनादेखि दुई महिनाभित्र घर निर्माण भइसक्ने बताउँछन् । उनले काठमाडौं उपत्यकामै २० वटा घर निर्माण भइसकेको बताए ।

यो मोडलको घर निर्माणका लागि ७ सय वर्गफिट जग्गा आवश्यक पर्ने उनले बताए । उनले यो किसिमको घर बनाउँदा ७०० वर्गफिटमा तीनवटा कोठा १२ बाई १२, एउटा किचेन, एउटा ट्वाइलेट निर्माण गर्न सकिने बताए । सानो जग्गा हुने र कम आयस्रोत हुनेका लागि यस्तो घर उपयुक्त हुने बताउँदै जग्गाको क्षेत्रफल हेरेर नै घर बनाउन सकिने उनको भनाई छ ।

तला थप्न पनि मिल्ने

यादवले यस्तो प्रविधिको घरमा माथि जति तला पनि थप्न पाइने बताएका छन् । तर, तला थपेको अनुसार नै लगानी लाग्ने उनको भनाई छ । ‘माथि तला थप्दा जग पनि बलियो नै बनाउनु पर्ने हुन्छ, त्यसका लागि जमिनमुनि डबल टाइपिङ गर्नुेपर्छ, जति तला थप्दै गयो लगानी पनि त्यही अनुसार नै लाग्छ तर ग्राउण्डेडको भन्दा केही फरक पर्छ,’ उनले भने ।

उनले सिमेन्ट, बालुवा, फलामका पोल जमिनमुनि गाड्नु पर्ने भएकोले त्यसमा बढी खर्च हुने बताए । त्यसका लागि करिब १ लाख रुपैयाँ लगानी लाग्ने उनकाे भनाइ छ । तर यो एक तलाको घर निर्माणको लागि मात्र हो । दुई तले घर निर्माण गर्दा त्यसको करिब दोब्बर पर्ने उनले बताए ।

दुई तले वा सो भन्दा बढी तलाको घर निर्माण गर्दा प्रत्येक तलामा ढलान गर्नुपर्ने उनको भनाई छ ।

सामान के–के चाहिन्छ ?

यस्तो प्रविधिको घर बनाउँदा जगमा सिमेन्ट, गिट्टी, बालुवा र डन्डी प्रयोग गरेर फाउन्डेसन बनाइन्छ । यस्तै, जगभन्दा माथि स्ट्रक्चर फ्रेमिङ गर्दा फलामको प्रयोग हुन्छ । यसका साथै घर निर्माण गर्दा फलामको पोल, इटा वा ब्लक, मेन डोरको लागि काठ, झ्यालको लागि आल्मुनियमको आवश्यकता पर्छ ।

मुख्य ढोकामा काठ प्रयोग हुन्छ । भित्र घाम र पानी नपर्ने किसिमले झ्यालमा आल्मुनियमको प्रयोग हुने उनले बताए । ट्वाइलेट किचेन पनि कम्पनीले नै फिनिसिङ गरिदिने उनकाे भनाइ छ ।

‘घरको रुफ पनि बलियो नै हुन्छ, एकतले घर भयो भने पानी ट्याङ्कीका लागि स्ट्याण्ड राख्नु पर्ने र दुई वा त्यो भन्दा बढी तलाको लागि स्ट्याण्ड आवश्यक पर्दैन,’ उनले भने ।

एकतले घरमा झ्याल, ढोका, किचन, ट्वाइलेट बाथरुम, भ¥याङ, छानो, फलसिलिङ सबै अटाउँने उनले बताए ।

यसका साथै यस्तो खाले घरमा अन्य सामान्य घरहरु जस्तै कुनै बाहिरको डिस्टर्व नआउने पनि उनले बताए । यस्तो खाले घरका लागि बढी स्टील प्रयोग हुने उनको भनाई छ ।

भूकम्पको जोखिम पनि नहुने

नेपालमा बढी भूकम्पको जोखिम हुने भएकोले पछिल्लो समय धेरेले भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेका छन् । यस्तो प्रविधिको घरमा भूकम्पको पनि कुनै जोखिम नहुने उनले बताए ।

‘हामी घरलाई बढी बलियो नै बनाउँछौं, घरमा बढी स्टील प्रयोग हुने भएकोले भूकम्पको जोखिम हुँदैन,’ उनले भने ।
उनका अनुसार यस्तो खालको घर हिमाल पहाड तराई जुनसुकै ठाउँमा पनि बनाउन सकिन्छ ।

एक तले घर निर्माण  भने फाउण्डेसन र स्ट्रक्चर निर्माण गर्यो भने त्यही अनुसारको घर निर्माणको लागत लाग्ने उनले बताए । कम्पनीले सामान्य परिवारको आम्दानीलाई मध्येनजर गर्दै यस्तो कम लागत लाग्ने प्रविधियुक्त घर निर्माण गर्न थालेको उनले बताए ।

हालसम्म काठमाडौंमा मात्रै घर निर्माण गरिएको भएपनि अब नारायणघाट र हेटौंडामा पनि शुरु गर्न कम्पनीकाे याेजना छ ।

एक वर्ष वारेन्टी

यादवले यस्तो घरका लागि एक वर्षको वारेन्टी हुने बताए ।

‘यस्ता खालका घरहरुमा कुनै पनि प्रकारका खराबी आउँदैन, खरावी आइहाले पनि एक वर्ष भित्रै आउँछ, समस्या देखि हालेपनि हामी पुनः मर्मत गर्छौ, नभए समस्या नै आउँदैन,’ उनले भने ।

खराबी आइहाले पनि मर्मत निःशुल्क गरिदिने उनले बताए । धेरै समस्या आउने सम्भावना कमै हुने यादवकाे भनाई छ ।

सस्तोमा घर बनाउन चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुस्  ।

One comment on "१२ लाखमै बनाउन सकिन्छ चिटिक्कको घर"

  • shankar Rana says:

    काहा र कसरी सम्पर्क गर्न सकिन्छ दाङमा बन्छकी नाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.