भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने

  २०७७ असोज १४ गते १७:२१     विकासन्युज


काठमाडौं । अब भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने भएको छ । बैंकले भारतमा रहेका नेपालीले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत नेपालमा पैसा पठाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

चाडबाडको समयलाई लक्षित गरि बैंकले असोज १२ गतेदेखि २ महिनासम्मकाे लागि उक्त व्यवस्था गरेकाे हाे । यससँगै भारतमा रहेका नेपालीहरुले भारतको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।

माछापुच्छ्रे बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.