२ डलर ढुवानी शुल्क लाग्ने सामानकाे अहिले १२ डलर, पूरानै सामान चर्को मूल्यमा बेच्दै व्यापारी

  २०७७ असोज १३ गते १५:३८     सन्ताेष राेकाया

काठमाडौं । लकडाउन अघि दुई डलर ढुवानी शुल्क तिर्ने ल्यापटप तथा मोबाइल ब्यापारीहरु अहिले १२ डलरमा सामान ढुवानी गरिरहेका छन् । सरकारले चैत ११ गते लकडाउन गनु अघि नेपाली बजारमा व्यापारीहरुले सूचना प्रविधिको सामान प्रतिकेजी २ डलर तिर्नु पर्थ्यो तर अहिले भने प्रतिकेजी १२ डलर तिर्नु परेको व्यापारीहरुले गुनासो गरेका छन् ।

व्यापारीहरुका अनुसार अहिले चर्काे मूल्य तिरेर सामान ढुवानी भइहरेको छ । धेरै ब्यापारीहरुले नयाँ सामान आयात गर्नै नसकेर पूरानै सामान बिक्री गरिहेका छन् । कम्पयुटर एसोसियसन अफ नेपाल (क्यान)का अध्यक्ष नवराज कुँवरले लकडाउन अघि प्रतिकेजीको २ डलर तिर्नु पर्ने सामान अहिले १२ डलर तिर्नु परेको बताए ।

उनका अनुसार ढुवानी खर्च महँगो भएकै कारण बजारमा सामान अभाव देखिएको र मूल्य पनि बृद्धि भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउन खुलेपछि बजारमा मोबाइल र ल्यापटप लगायत आईटीका सामानहरुको खरिद बिक्री बढे पनि सामानको भने अभाव देखिएको छ ।

ढुवानी शुल्क महँगो भएकै कारण ब्यापारीले सामान आयात गर्न नचाहेको उनले बताए । त्यसैले व्यापारीले पूरानै सामान बिक्री गरिरहेको बताए । सामान पूरानै भएपनि सामानको मूल्य भने चर्को तिर्नु पर्ने बाध्यता उपभोक्ताहरुलाई छ ।

अहिले कोरोना भाइरसको त्रासले घरभित्रै रहेका नागरिकहरुले अनलाइनबाट हुने कामलाई तीव्रता दिएसँगै यसको माग बढेको र त्यस अनुसारको आपुर्ति गर्न नसकेको व्यवसायीहरुले बताएका छन् । सामान अभावको फाइदा उठाउँदै व्यापारीहरुले चको मूल्यमा पूरानै सामान बिक्री गरिरहेका छन् ।

जसको प्रत्यक्ष मारमा उपभोक्ता अर्थात ग्राहकहरु पर्ने गरेका छन् । पहिले १ सय रुपैयाँ पर्ने सामानको मूल्य अहिले ढुवानी शुल्क बढेकै कारण दोब्बर भएको छ ।

अहिले अनलाइनबाट हुने विभिन्न कारोबार र अधिकांश स्कुल कलेजहरुले पनि ‘अनलाइन क्लास’ शुरू गरेपछि मोबाइल ल्यापटपको माग बढेको हो । अनलाइनमार्फत पढ्न ल्यापटप मोबाइलक अति आवश्यक हुन्छ ।

त्यस कारणले पनि अहिले बजारमा नयाँ ल्यापटप तथा मोबाइल खरिद गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको हो ।
कुवँरका अनुसार अहिले बजारमा मोबाइल तथा ल्यापटपको कारोबार गत वर्षको भन्दा २५ प्रतिशतले बढेको छ । बजारमा माग बढी भएकै कारण माग अनुसारको आपुर्ति हुन नसकेको उनको भनाई छ ।

उनका अनुसार अहिले बजारमा सूचना प्रविधिमा आधारित सामानहरुको कारोबार बढेको छ भने उपभोक्ताले पूराना मोबाइल छोडेर नयाँ सामान किन्ने ग्राहकको संख्या पनि बढेको छ । सामान अभावको कारण ग्राहकले आफुले रोजेको सामान किन्न नपाएको उनले बताए ।

पछिल्लो समय चीनबाट सामान नआउनु तथा भएको सामान बिक्री हुँदा अभाव बढेको हो । त्यहीकारण ग्राहकको मागअनुसारका ल्यापटप ल्याउन नसकेको व्यवसायी बताउँछन् । अझै एक हप्तासम्म नेपाली बजारमा ल्यापटप र मोबाइलको आपूर्ति सामान्य अवस्थामा नफर्किने व्यवसायीहरुको भनाई छ ।

सम्बन्धित सामग्री: बजारमा मोबाइल/ल्यापटपको चरम अभाव, सामान महँगियाे, ग्राहक घटेनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.