नेपालभर १५७३ जना काेराेना संक्रमित थपिए, ८८५ जना निकाे भए

  २०७७ असोज ११ गते १६:२३     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ६ हजार २ सय ८१ जना रहेका छन् भने आजसम्म ९ लाख ८८ हजार ३ सय २७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८८५ जना निकाे भएसँगैं हालसम्म ५३ हजार ८ सय ९८ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४७७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.