होण्डाको सबैभन्दा सस्तो कारः किन्नलाई ४.२५ प्रतिशत ब्याजदरमै ऋण पाइने, ७ वर्षसम्म स्थिर रहने

  २०७७ असोज १० गते १२:०६     विकासन्युज

काठमाडाैं । होण्डा कारको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले हाल नेपाली बजारमा बिक्री गरिरहेको मोडेलहरु मध्येमा सबैभन्दा कम मूल्य पर्ने कारको रुपमा रहेको छ ‘अमेज’ । यसको बेस भेरियन्ट ‘अमेज एसएमटी’ को मूल्य ३५ लाख ६५ हजार रुपैयाँ रहेको कम्पनीले बताएकाे छ ।

यस सेडानका फिचरहरुको रुपमा आउटसाइड रियर भ्यू मिरर्स, फ्रन्ट फग ल्याम्प, शार्क फिन एन्टेना, सबै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, शोफिस्टिकेटेड ड्यास बोर्ड, मल्टि फङ्सन स्टेयरिङ्ग ह्वील, अटोमेटिक एयर कण्डिस्नर, इञ्जिन स्टार्ट/स्टप बटन, १२ भोल्टको व्याट्रीजस्ता विशेषताहरु रहेका छन् ।

त्यसैगरी अमेजको सेफ्टि फिचरहरुको रुपमा एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक, ड्राइभर सिट बेल्ट रिमाइन्डर लगायत रहेका छन् भने कम्फर्ट फिचरका रुपमा चाहिँ फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, एडजस्ट गर्न मिल्ने हेड रेस्ट, कप होल्डर लगायत रहेका छन् ।

यस सेडानमा ११९९ सीसी ४ सिलिण्डर एसओएचसी पेट्रोल इञ्जिन समावेस छ जसले ८९ बीएचपीको पावर र ११० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी, यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १९.५० केएमपीएल माइलेज प्रदान गर्दछ ।

५ सिटर यो सेडानको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३९९५ मिलिमिटर, चौडाई १६९५ मिलिमिटर र उचाई १४९८ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर छ । त्यसैगरी, ४५ लिटरको फ्युल ट्याङ्क क्यापासिटी र ४२० लिटरको बुट स्पेस रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् ।

स्याकार होण्डाले जनाए अनुसार होण्डाका कार किन्नका लागि ७ वर्षसम्म नबढ्ने गरी ४.२५ प्रतिशत ब्याजदरमै ऋण पाइनेछ ।

हाल नेपाली बजारमा अमेजका एसएमटि, भिएमटि, भिएक्सएमटि, एससिभिटि र भिसिभिटि गरी ५ अलग भेरियन्टहरु उपलब्ध भइरहेका छन् । कम्पनीले अमेजको टप भेरियन्ट ‘भिसिभिटि’ को मूल्य चाहिँ ४२ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.