अब सनराइज बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने

  २०७७ असोज ८ गते १६:२५     विकासन्युज

काठमाडौं । सनराइज बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैंकले डिजिटल टेलर सेवा सुरु गरेसँगै अब चेक तथा एटिएम कार्ड नभएपनि बैंक खाताबाट नगद झिक्न सकिने भएको हो ।

बैंकले आफ्नो काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ ।

यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकमा खाता हुने सबै ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोडस्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् ।

पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.