पर्सीदेखि लामो दूरीका गाडी र हवाइ उडान सञ्चालन हुने, भाडा ५० प्रतिशत बढ्याे

  २०७७ भदौ ३० गते १८:०८     विकासन्युज

काठमाडाैं । सरकारले आगामी असोज १ गतेदेखि लामाे दूरी सवारी साधनहरू सञ्चालन गर्ने निर्णय गरेकाे छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले असाेज १ गतेदेखि  आन्तरिक हवाइ उडान सुरु गर्ने निर्णय भएकाे बताए ।

हिजाे बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको बताइएको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय भएको बताइएको छ। तर, सीमा नाकाहरू भने तत्काल खुला नहुने भएका हुन् । गत चैत १० गतेदेखि लामो दुरीको यातायात बन्द छन्। त्यस्तै, चैत ११ गतेदेखि आन्तरिक हवाई उडान बन्द छ। अन्तर्राष्ट्रिय उडान भने यसअघि नै सर्तसहित खुलिसकेको छ।

व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने उनले बताए ।  एउटा लहरमा एउटामात्र यात्रु बस्नु पर्नेछ। यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ।

यससम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.