चिकित्सकको सल्लाह लिए जस्तै पोषण विज्ञको पनि परमर्श लिनुपर्छः विज्ञ शाह

  २०७७ भदौ २८ गते १८:२५     विकासन्युज

काठमाडाैं । अहिलेको कोरोनाको विषम परिस्तिथिमा स्वास्थको रोग प्रतिरोघात्मक क्षमता बढाउने ‘डाइट फोर इम्युनिटि बुसटर फुडस’ को कार्यक्रम सम्पन्न भएकाे छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने पोषण सम्बन्धी उक्त कार्यक्रम रोटरी क्लब अफ भक्तपुर र इनर्हवील भक्तपुरको संयुक्त सहभागीतामा भर्च्युअल कार्यक्रम मार्फत सम्पन्न भएकाे हाे ।

पोषण विज्ञ मिरा शाहले करिब पचास वटा स्लाइडहरुमा विभिन्न रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मोटोपना, कम तौल, कुपोषण , उमेर समुह अनुसारको के कस्ता फरक फरक क्यालोरीहरुको समेत स्पष्ट पारेकी थिइन् । स्रोताहरुको जिज्ञासामा प्रकाश पार्दै पोषण विज्ञले समय समयमा चिकित्सकको परामर्श, नितमित स्वास्थ जाँच, सक्रिय जीवनशैली, आदिको बारेमा सुझाव तथा परामर्श दिइन् ।

‘अहिले मात्रै हामी स्वस्थ हुने हो त ? किन हामी आफ्नो स्वास्थ्य प्रति गम्भिर छैनौं ? कामको होडबाजीमा हामी आफै स्वास्थको हेरचाह गरेको पाइएको छैनौं । काम काम भनेर हामी आफै बिरामी भएर बसेका छौं, जब अत्ति नै गार्हो भएमा मात्र अस्पताल दौडधुप गर्छौ । त्यो बेला बल्ल हामी स्वस्थ किन हुनु आवश्यक छ, थाहा पाउने गर्दछौं । हामी सन्तुलित आहार भोजनमा समाबेस गरे तापनि किन बिरामी हुन्छौ त ?’, पोषण विज्ञ मिरा शाहले बताइन् ।चिकित्सकको सल्लाह लिए जस्तै पोषण विज्ञको पनि परमर्श लिन उनले आग्रह गरिन् । सबैको एकै नासको क्यालोरी हुन्, काम्, उमेर समुह, रुचि, साकाहारी, मान्साहारी, तौल आदि व्यक्ति पिच्छे फरक हुने भएकोले परामर्श लिनुपर्नेमा उनले जोड दिइन् ।

यसमा रोटरि क्लब अफ भक्तपुरकी अध्यक्ष रोटरियन भवानी घिमिरे, प्रमुख अतिथि रोटरियन सञ्जय गिरी, अतिथि वक्ता कीर्तिपुर अस्पताल बर्न अस्पतालकी पोषण विज्ञ मिरा शाह, जिल्लाका गणमान्य व्यक्तिहरु, रोटरि तथा इनर्व्हील तथा अन्य सदस्यहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.