५ टिप्स: काठमाडौंमा सस्तोमा कोठा भाडा पाउन यस्तो गर्नुस्

  २०७७ भदौ २४ गते १४:४७     विकासन्युज

 काठमाडाै‌ं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सबै क्षेत्रलाई असर गरेको छ । सर्वसाधारणदेखि राज्यलाई समेत यसले धेरै ठूलो क्षति पुर्याएकाे छ ।

मानिसमा अब रोगले भन्दा पनि भोकले मरिने होकि भन्ने चिन्ता बढ्न थालेको छ । काठमाडौं उपत्यकामा नै अहिले धेरै मानिसहरु बस्न नसकेर गाउँ फर्किसकेका छन् । अहिले १८ लाखभन्दा बढी मानिसले काठमाडौं छोडेर घर फर्किसकेका छन् ।

अहिले काठमाडौंमै बसिरहेकाहरु पनि ठूलो आर्थिक समस्यामा परेका छन् । गुजारा चलाउन समस्या र काठमाडौंको महँगाे कोठा तथा फल्याट भाडा तिर्न पनि धेरैलाई मुस्किल भइहरेको छ । यस तर्फ सरकारले भने खासै चासो देखाएको छैन ।

बैशाखमा सरकारले घरधनीहरुलाई भाडावाललाई भाडा छुट दिन आग्रह गरेपनिकेहीले छुट दिएपनि धेरैले छुट दिन मानेन् । उनीहरुले आफुहरु पनि आर्थिक समस्या भएको भन्दै सरकारको आग्रहलाई मानेन् । त्यस्तै आग्रह काठमाडौं महानगरपालिकाले पनि गरेको थियो । काठमाडौं महानगरले त भाडाछुट दिने घरधनीलाई घरबाहल करमा छुट दिने व्यवस्था मिलाउने पनि बताएको थियो ।

तर, भाडावालहरु भने घरबेटीबाट भाडा छुटको अपेक्षा अझै पनि गरिरहेका छन् । घरधनीलाई भाडा छुट गराउन के गर्ने ? यहाँ केही टिप्सहरु दिएका छन् ।

१. घरधनीलाई सर्वप्रथम वर्तमान कोरोना महामारी र यसले उत्पन्न आर्थिक तथा मनोवैज्ञानिक संकटको बारेमा राम्रोसँग बुझाउने । मानव न हो एक अर्काको समस्या सजिलै बुझ्न सक्छन् । एकले अर्कालाई सहयाेग गर्नुपर्छ भावना हामीहरुसँग हुन्छ ।

२. महामारीको समयमा आफुलाई परेको आर्थिक तथा अन्य समस्याको बारेमा खुलस्त बताउने । किनकि भाडावालभन्दा घरधनी केही मात्रामै भएपनि आर्थिक जोहो गर्न सक्ने हुन्छन् । जसले उनलाई केही मात्रामा घरभाडा छुट दिँदा त्यति धेरै नोक्सान हुँदैन ।

३. सरकारले भाडा छुट दिने घरधनीलाई घरबहाल कर लगायतमा छुट दिने भनेको व्यवस्था राम्रोसँग बुझाउने । घरधनीलाई पनि त्यो व्यवस्थाले सजिलो होस् । एकातर्फ भाडा छुट पनि पाइने अर्को तर्फ घरबेटीले करमा छुट पनि पाउने ।

४. त्यति गरेर पनि घरधनी कन्भिन्स हुन सकेनन् भने कोठा अर्थात फल्याट छोड्ने जानकारी गराउने । किनकी कोठा छोड्नसम्म धेरै समस्या परेको रहेछ भन्ने घरधनीले महसुस गर्छन् र भाडा छुट दिन बाध्य हुन्छन् ।

५. अन्तिममा त्यति गरेर पनि भएन भने कोठा नै सार्ने । अहिले काठमाडौंका धेरै ठाउँहरुमा कोठा तथा फल्याट खालि नै छन् । आफु बसेको भन्दा धेरै सस्तो मूल्यमा नै कोठा भाडामा पाउन सकिन्छ । अहिले धेरैले अपनाउँदै आएको यो उत्तम उपाय पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.