बैंक वित्तीय संस्थाको कर्मचारी भर्नामा राष्ट्र बैंकको कडाई, कार्यविधि बिना राख्न नपाइने

  २०७७ भदौ २३ गते २०:१३     विकासन्युज

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले बैंकमा नयाँ कर्मचारी भर्ना गर्दा कार्यविधि बनाएर मात्रै राख्न पाइने भएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो ।

बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुमा नयाँ कर्मचारी छनोट तथा भर्ना गर्ने प्रक्रियामा कार्यविधि तर्जुमा गरेर मात्रै भर्ना गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो । यो व्यवस्था यसअघि थिएन ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाले उत्कृष्ट व्यक्ति छनौट प्रक्रियाबाट कर्मचारी भर्ना गर्नु पर्ने अवस्थामा निष्पक्षता र पारदर्शीता कायम हुने गरी अलगै कार्यविधि तर्जुमा गरी मात्र भर्ना गर्ने व्यवस्था गर्नुपर्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.