गुराँस लाइफ इन्स्योरेन्सले घटायो लाभांशदर, अब कति दिन्छ ?

  २०७७ भदौ २१ गते १२:४३     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांशदर घटाएको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले आफुले यसअघि प्रस्ताव गरेको लाभांशदरमा परिमार्जन गरेको हो ।

परिमार्जन गरेसँगै कम्पनीले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, उक्त बोनसमा लाग्ने कर वापत ५१ लाख ८३ हजार ५ सय ५८ रुपैयाँ(कर प्रयोजनका लागि मात्र) नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय भदौ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बीमा समितिले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणमा परिमार्जन गरी वित्तीय विवरण पुनः पेश गर्न निर्देशन दिए अनुसार बैठकले उक्त लाभांशमा परिमार्जन गरेको हो ।

यससँगै सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुुक्ता पुँजीको १३.१०१५ प्रतिशतले हुन आउन १२ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश बोनस सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.