राष्ट्र बैंकले साढे १ अर्बको पेन्सन कोष लगानी गर्दै, ऋण लिन चाहनेका लागि यस्ता छन् सर्त

  २०७७ भदौ १९ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई लगानी गर्नको लागि सूचना जारी गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न सर्तहरु पूरा गरेर सो रकम लिन सक्ने जनाएकाे हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत बैंकले तोकेको सिलबन्दी प्रस्ताव सम्बन्धि फारम भरी कुल लगानी योग्य रकममध्ये असोज १ गतेदेखि २०७८ असार २० सम्म २ सय २९१ दिनकामे मुद्धती निक्षेपको रुपमा लिन चाहेको रकम खोली भदौ २३ गतेसम्म बुझाउनु पर्ने बताएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि १ अर्ब २० करोड, विकास बैंकहरुका लागि २२ करोड ५० लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि ७ करोड ५० लाख रुपैयाँ लगानीका लागि आह्वान गरेको हो ।

राष्ट्र बैंकले त्यसका लागि विभिन्न सर्तहरु राखेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृयकर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनु पर्ने लगायतका सर्तहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.