बुधबार नेपालमा ६ सय ८१ जना कोरोना संक्रमित थपिए, ६ जनाकाे मृत्‍यु

  २०७७ भदौ ३ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ८१ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २८ हजार ९ सय ३८ जना पुगेकाे छ ।

हाल क्वारेन्टिनमा १३ हजार ५ सय ७१ जना रहेका छन् भने आजसम्म ५ लाख ५४ हजार ३ सय ८८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ७ सय पुगेको छ भने आज थप ६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १२० पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.