काेभिड-१९ औषधि आयात गर्न यी ३ कम्पनीले जिम्मा पाए

  २०७७ भदौ १ गते १६:१७     विकासन्युज

काठमाडाैं ।  कोभिड-१९ काे जटिल बिरामीको उपचारका लागि प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात गर्न सकिने अनुमति पाए सँगै यसकाे जिम्मा ३ निजि कम्पनीले पाएका छन् । औषधि व्यवस्था विभागले साे ‌औषधि आयात गर्न अनुमति दिएसँगै तीन निजि कम्पनीले यसलाई ल्याउने  जिम्मा पाएका हुन् ।

उक्त औषधिकाे क्लिनिकल परीक्षणकाे लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभागमा पत्राचार गरेको थियो । विभागका महानिर्देशक नारायण ढकालले भियोभिस लाइभ साइन्सेसले हेटेरो, फर्मा केयरले सिप्ला र सिनर्जी ओभर्सिसले माइलन कम्पनीले उक्त औषधि निर्यात गर्ने अनुमति पाएकाे बताए ।

सुरुवाती चरणमा २-२ हजारकाे दरले निर्यात गर्ने अनुमति दिइएकाे ढकालले बताए । उनका अनुसार उनीहरुले सिप्ला, माइलन र हेटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर औषधि मात्र आयात गर्न पाउनेछन् ।

रेम्डेसिभिरले काेराेनालाई निकाे नपारे पनि यसले निकाे हुने गति बढाउने विभिन्न देशमा गरिएकाे अध्ययनहरुले देखाएकाे छ । यसलाई अमेरिकीकाे फुड एन्ड ड्रग एसोसिएसन’ ‘एफडिए’ ले पनि आपतकालिन प्रयोगकाे लागि मान्यता दिएको छ।

उक्त औषधि शुरुमा आवश्यक अस्पतालमा बाँडिने र यसकाे पहिलाे चरणकाे परीक्षण नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर गरिने विभागले जनाएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.