वाणिज्य विभागले बनायो किराना पसलको लागि मापदण्ड, अब कसरी बेच्ने सामान ?

  २०७७ भदौ १ गते ९:४६     विकासन्युज

काठमाडौं । कोभिड-१९ को संक्रमणको जोखिम कम गर्नको लागि वाणिज्य तथा आपुर्ति मन्त्रालयले व्यवसायीहरुको लागि स्वास्थ्य एवंम सुरक्षा मापदण्ड तयार पारेको छ ।

मन्त्रालयले आईतबार एक विज्ञप्ती जारी गर्दै सबै व्यवसायीहरुको उक्त स्वास्थ्य मापदण्ड पालन गरी व्यवसाय गर्न आदेश दिएको छ । उक्त मापदण्ड पालना गरेको नगरेको सबै अनुगमन हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार व्यवसायिक स्थलमा आउने उपभोक्ताहरुको लागि व्यवसायीहरुले प्रवेश विन्दुमै ज्वारो नाप्ने थर्मल गनको प्रयोग गरी त्यसको आधारमा मात्र प्रवेश व्यवस्था गर्नु पर्नेछ । कोही पनि व्यक्ति लक्षण मिलेको पाएमा तुरुन्त परीक्षणको लागि पठाउनु पर्नेछ ।

यस्तै व्यवसायिक केन्द«मा सम्बन्धित कर्मचारी वा व्यवसायीहरुले पन्जा तथा मास्कको अनिवार्य प्रयोग गर्ने र हाललाई स्यानिटाईज गर्ने तथा न्युनतम दुई मिटरको सामाजिक दुरी कायम गरी कोरोवार संचालन गर्नुपर्नेछ ।

व्यवसायिक स्थलका कामदारहरुले यात्रापछि काममा फर्कनुपूर्व अनिवार्य रुपमा यात्राको विवरण व्यवस्थापनलाई बुझाउनु पर्नेछ ।

यस्तै कार्यस्थलमा रहँदा पुरै समय कर्मचारीहरुले अनिवार्य रुपमा पुरै शरीर ढाक्ने लुगा लगाउनु पर्दछ साथै अनलाईन माग संगलन र होम डेभिरीलाई प्राथमिकता दिई सकेसम्म विधुतिय माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न बताईएको छ ।

मापदण्ड अनुसार ग्राहकहरुलाई मार्के गरिएको घेरभित्र राखी पर्याप्त सामाजिक दुरी कायम गरेर सामान छनोट तथा बिल भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

यति मात्र नभएर व्यवसायीहरुले पसलमा कोभिडको बेला गर्नु हुने र नहुने सुची तयार पारी सबैले देख्ने स्थानमा राख्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.