नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क र नाफा दुबैमा वृद्धि, जगेडामा साढे ३ अर्ब रुपैयाँ सञ्चित

  २०७७ साउन ३० गते ९:५१     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १९.८० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७६/७७मा २७ अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको हो ।

कम्पनीको बीमा शुल्कसँगै खुद नाफामा पनि वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ५३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले ५२ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, खुद दाबी भुक्तानी भने अघिल्लो वर्षको भन्दा २ अर्बले घटेर ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको । जुन अघिल्लो वर्षमा ७ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्सले सार्वजनिक गरेको गत आवको असारमसान्तको वित्तीय विवरणअनुसार कम्पनीको व्यवस्थापन खर्च २२ करोड ४५ लाख रुपैयाँबाट बढेर २४ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ भएको यस कम्पनीको जीवन बीमा कोषमा ८७ अर्ब रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा ६५ अर्ब रुपैयाँ सञ्चित रहेको थियो । त्यस्तै, जगेडा कोषको रकम बढेर ३ अर्ब ५० करोड रुपैयाँ र महाविपत्ती कोष पनि बढेर ५५ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

हालसम्म कम्पनीले कूल १३ लाख ४ हजार ६३२ वटा बीमालेख कायम गरी एक खर्ब १९ अर्ब ३२ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ४० हजार २ सय ४३ वटा दाबी बापत ६ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको कम्पनीले एक अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.